Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

चर्चित गायक बेग राना र मन्जु लवती थापाको तीज गीत कर्मैमा पाको भा बजारमा

चर्चित गायक बेग राना र मन्जु लवती थापाको तीज गीत कर्मैमा पाको भा बजारमा

कमल सरगम,काठमान्डौ: हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको हार्दिक शुभकामना सहित जापानमा बस्दै आउनु भएका एक लोकप्रिय गायक तथा सर्जक बेग रानाको मौलिक तीज गीत 'कर्मैमा पाको भा' बजारमा आएको छ।

बर्षौ देखि जापानमै रहेर पनि दोहोरी गीतहरुलाइ निरन्तर स्थान दिदै आएका बेग र गायिका मन्जु लवती थापाको सहकार्य यो पटक पनि दोहोरीएको छ।

मन्जु लवती थापा र बेग रानाले आवाज दिएको उक्त गीतमा बेग रानाकै लय र शब्द रहेको छ।

गीतमा अभिनय भने लोमश शर्मा र स्मारिका ढकालले गरेका छन।निशान एस के को निर्देशन र दिपक गिरीको छायांकन रहेको भिडियोको सम्पादन भने अमृत चापागाईंले गरेका हुन्। भिडियो बेग राना अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक भएको छ।पुरा भिडियो हेरौ :