हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको लागि आएका केहि गीतहरु यो बर्षपनि बिकृति जन्य शैलीको देखियो जुन गीत भित्र पर्छ 'जवानी चढ्यो'। मौलिकतालाई ध्यान दिन पर्ने कलाकारहरुलेनै बिकृति शैलीमा गीत निकालेका छन।राम कुमार कार्की आफै पनि लामो समय देखि मौलिक गीत सृजना गर्ने र गाउने गायक हुन् तर किन यसपालिको तीज गीतमा उनले उल्टो बाटो रोजे पत्तो छैन।
प्रिती आले र राम कुमार कार्कीले स्वर दिएको गीतमा गितारा र ब्याण्ड बाजा राखेर सुटिङ्ग गरिएको छ जुन नेपाली मौलिक तीज गीतमा सुहाउदैन त्यस्तै साडी फरियाको परि बदनाम हुने गरि प्रयोग गरिएको छ।गीतमा शब्दहरु पनि जवानीकै चर्चा गरिएको देखिन्छ।पुरुष शैलीमा बनेको यो गीत नारीलाई भन्दा बढी पुरुषलाइ तिज लागे झैँ हुने गरि प्रस्तुत भएको छ।