कमल सरगम,काठमान्डौ : चर्चित मोडल महेन्द्र गौतमको भिनाजु अख्तियार द्वारा पक्राउ परेका छन तर यो एउटा सन्देशमुलक गीतको भिडियोमा रहेको छ,
हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको हार्दिक शुभकामना सहित लोकप्रिय लोक दोहोरी गायक बद्री पंगेनी र कविता अर्यालको आवाजमा तीज कोशेली 'भाईले बोलायो बजारमा आएको छ।
पछिल्लो समयमा भ्रस्टाचार गर्नेहरुको बिगबिगी बढिरहेको बेलामा यस गीतले झन् संदेश सहितको बिशेष भूमिका खेलेको छ।आफ्नो भिनाजु भ्रस्टाचार गर्ने गरेको दिदीले खुलाएपछि भेनालाई जेल हाल्ने सम्मको संदेश सालोले दिएका छन भने भेनाले भ्रस्टाचार गरेर ल्याएको पैसाले किनेको कुनै गरगहना तथा लत्ता कपडा नलगाई माइतीघर आउन बद्री पंगेनीले आफ्नी दिदीलाई तीज गीत बाट अनुरोध गरेका छन।
बरिष्ठ सर्जक रमेश बिजिको शब्द र चर्चित सर्जक गोबिन्द पंगेनीको संगीत रहेको उक्त तीज गीत बद्री पंगेनी युटुब च्यानल मार्फत बजारमा आएको छ।छोटो समयमै सर्बाधिक हेरिएको उक्त गीतमा अभिनयमा भाईको भूमिका महेन्द्र गौतम रहेका छन भने महेन्द्रलाइ साथ् भेस केसी र सरला श्रेष्ठले दिएका छन।
बिक्रम चौहानको निर्देशन रहेको भिडियो निकै उत्कृष्ट र मौलिक देखिन्छन।त्यसो त् बद्री पंगेनी र कबिता आर्यालले गत बर्षपनि तीज गीत बजारमा ल्याएका थिए निकै उत्कृष्ट भएको थियो।हेरौ भिडियो :