Shares
Shares
वरिष्ठ कलाकार कल्याण शेरचनको ६७ औं जन्मजयन्तिको अवसरमा राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगिता, स्रष्टा सम्मान एवम् ईन्द्रेणी कार्यक्रम – २०७९ मा ४६ टिम सहभागी हुने भएका छन् । आज पोखरामा पत्रकार सम्मेलन गरी आयोजकले १२ गते गतेदेखि १४ गतेसम्म हुने कार्यक्रममा अधिकास जिल्लाबाट सहभागीहरुले टिम दर्ता गरेको जानकारी गराएका छन् । “लोक संस्कृति जोगाऔं, हाम्रो चिनारी बचाऔं” भन्ने मुख्य नाराका साथ प्रतियोगिता सुरु हुन लागेको हो ।
शेरचनको ७६ औं जन्मजयन्तिको अवसरमा नेपालमा नै पहिलो नेपाली लोकबाजाहरुको संग्रहालय गण्डकी प्रदेशको राजधानी पोखरामा निर्माण गरि नेपाली लोकबाजाहरुको संरक्षण र संम्बद्र्धन गर्न र लोक गायक, स्रष्टा, शिल्पी कल्याण शेरचनको प्रतिमा निर्माण गर्ने पवित्र गर्ने लक्ष्य रहेको आयोजकले जनाएका छन् । कार्यक्रमका सहकार्य गर्ने संस्थाहरु गण्डकी प्रज्ञा–प्रतिष्ठान, पोखरा प्रज्ञा–प्रतिष्ठान, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल केन्द्र, मातहतका प्रदेश, समन्वय र जिल्ला शाखाहरु, इन्द्रेणी साँस्कृतिक समाज, काठमाण्डौं र हिमाली साँस्कृतिक परिवार पोखरा रहेका छन् । कार्यक्रमको प्रवद्र्धन पोखरा महानगरपालिकाले गरेको छ ।
कार्यक्रममा लोकदोहोरी एवम् चलचित्र क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुहुने वरिष्ठ कलाकार एवम् चलचित्र निर्देशक नारायण रायमाझीलाई सम्मान गरिनेछ भने शिक्षा र खेल क्षेत्रमा महत्वपूर्ण योगदान दिनुहुने योगेन्द्र बहादुर बस्नेतलाई मरणोपरान्त सम्मान गरिनेछ आयोजकले जनाएका छन् । राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगितामा प्रथम हुने समुहलाई ६ लाख, द्वितीय हुने समुहलाई ४ लाख, तृतीय समुहलाई २ लाख, सान्त्वना समुहलाई १ लाख, उत्कृष्ट गायक गायिकालाई ५०\५० हजार र अनुशासित समुहलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । कार्यक्रमबाट ५५ लाख रुपैयाँ आम्दानी गर्ने लक्षय राखीएको छ भने ३९ लाख ५० हजार खर्च भई १५ लाख ५० हजार रुपैयाँ शालीक निर्माणको लागि बचत गर्ने अनुमान गरिएको हो ।
कार्यक्रममा कल्याण शेरचन स्मृति प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्ण बहादुर गुरुङ ह्योल्मोले शेरचनले लोक दोहोरी गितलाई जिवन्त बनाउन उनको लक्ष्यलाई निरन्तरता दिएको जनाएका छन् । राष्ट्रिय दोहोरी गित प्रतिष्ठानका अध्यक्ष रमेश विसीले विभिन्न सष्टाहरुका भाकालाई अनुमति मागी दोहोरी गित प्रतियोगितामा प्रस्तुत गर्न सकिने बताएका छन् । इन्द्रेणी सांस्कृतिक विकास केन्द्रका अध्यक्ष तथा इन्द्रेणी कार्यक्रममा सञ्चालक कृष्ण कंडेलले कल्याण शेरचनका सृजनाहरुलाई नयाँ पुस्तासम्म जीवन्त राख्न यस्ता खालका कार्यक्रम आयोजना गरिएको बताए । अध्यक्ष कँडेलले लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनले यस क्षेत्रमा पुुर्याएको योगदानलाई सम्मान गर्दै शालीक निर्माण गर्ने महान अभियानमा सबैबाट साथ र सहयोग मिल्नेमा विश्वास व्यक्त गरे ।
शेरचनका दजर्नौ मुख्य चर्चित र जीवन्त लोकभाकाहरु अझै पनि त्यतिकै चर्चाको शिखरमा छन् । शेरचनाका आहा कलिलो तामालाई सोध रामलाई ….घर मेरो खुदीमा बुढो भइयो हे ठुली, के जानु रोधीमा ….काली पनि देखे मैले, गोरी पनि देखे मैले …..ऐ भेना यो साल, ल्याइदेउ मलाई पछ्यौरी मलमल….रात काटे रोएर, दिन काटे जसरी तसरी, साइला पाइन मैले हितको दौतरी ….किन रोयो दमिनी भाउजू दमैदाईले कुटेर, ट्याङ्कु फुटेर ….उल्लेखित कालजयी गीतहरु संकलन गर्नुभएका तथा नेपाली गीत संगीतको क्षेत्रमा फरक किसिमको स्वाद, शैली र विम्ब भित्र्याउन सफल भएका स्रष्टा हुन ।
लोक गायक, स्रष्टा, शिल्पी कल्याण शेरचनको जन्म विक्रम सम्वत् २००३ साल श्रावण १२ गते पोखराको रानीपौवामा भएको थियो । ग्रामिण कुना कन्दरामा गाईने नेपालीपन बोकेका, मौलिक लय एवं भाकाको गीतहरु संकलन, गायन साथै नेपाली लोकगीत, नृत्य र संस्कृतिको संरक्षण, प्रबद्र्धन र उत्थानमा उनको महत्वपूर्ण योगदान रहेको छ । गण्डकी प्रदेशको सांगीतिक पहिचानको रुपमा रहेको कौरा गीत एवं नृत्यलाई जनमानसमा पु¥याउन महत्वपूर्ण कार्य गर्नुभएका सांगीतिक अभियान्ता कल्याण शेरचनले मास पिटीलाई समेत नेपालमा भित्र्याई विद्यालय स्तरमा प्रशिक्षण र प्रबद्र्धन भएको थियो । उनका तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, पोखरामा कर्मचारीको रुपमा कार्यरत हुनुहुन्थ्यो । लोक स्रष्टा एवं बहुआयमिक व्यक्तित्वका धनी कल्याण शेरचनले वि.सं. २०६७ साल माघ २४ गते यस भौतिक संसारबाट विदा लिएका थिए ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209