Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गरिबको साहारा बनेकी समाजसेवी शान्ति शाहीले गाईन पहिलोपटक तीज गीत(भिडियो सहित)

गरिबको साहारा बनेकी समाजसेवी शान्ति शाहीले गाईन पहिलोपटक तीज गीत(भिडियो सहित)

कमल सरगम काठमान्डौ ,नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको शुभकामना सहित सामाजिक सेवामा सबै भन्दा अगाडी देखिएकी युवा ब्यबसायी तथा कलाकार शान्ति शाही (चन्द)को उत्कृष्ट तीज कोशेली "लाली पाउडर:बजारमा आएको छ।

हरेक दुखि गरिबको भगवान बन्दै ठाउँ ठाउँमा सेवा गर्दै आएकी शान्तिले आफ्नै लगानीमा पहिलो तीज गीत बजारमा ल्याएकी हुन्।गायक महेन्द्र शाही(रास्कोटी) र युवा व्यवसायि तथा गायिका शान्ति शाही(चन्द) को आवाजमा तिज गित लाली पाउडर आइतबार सार्वजनिक भएको हो ।

कोरोनाको समयमा शाही जहापनि आफ्नो व्यक्तिगत सहयोग बोकेर पुग्ने गर्थिन।शान्ति प्रचार गरेर सेवा गर्न भन्दा पनि लुकेर आफ्नै तरिकाले गरिबको सेवा गर्ने गर्छिन।हामीले किन यति धेरै दुखीको सेवा गर्दा पनि बाहिर आउनु हुन्न मिडियामा भन्ने प्रश्नमा शान्ति भन्छिन "मलाइ समजसेवा भनेको प्रचार हैन झैँ लाग्छ,आफुले सकेको गर्ने हो पिडामा हुनेले पनि राहत पाएको देख्ने मेरो चाहना हो त्यो भएकै छ।'सोहि क्रममा गीतको बिषयमा आफुले आफ्नो चाहना पुरा गरेको बताउछिन।शिब हमाल संग सल्लाह गरेको छोटो समयमै उनले गीत गाउने चाहना राखेकी र सुमधुर स्वरमा मौलिक तीज गीत निकालेकी हुन्।देउडा शैलीमा रहेको उक्त गीत अहिले आम दर्शकको मनमा बसेको छ।

गायक तथा संगितकार शिव हमालको शब्द संगितमा रहेको लाली पाउडर गितमा डान्सर तथा मोडल आशा शाही र पछिल्लो समय टिकटक चर्चामा रहेका विजय पुनले मोडलिंङ गरेका छन् । शिव हमाल युटुव च्यानलमा लाली पाउडर गित सार्वजनिक गरिएको छ ।