Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बद्री पंगेनी बेहुला बनेको तीज गीत आज बेलुका सार्बजनिक हुने

बद्री पंगेनी बेहुला बनेको तीज गीत आज बेलुका सार्बजनिक हुने

कमल सरगम-काठमान्डौ हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको शुभकामना सहित लोकप्रिय गायक बद्री पंगेनी र सिन्धु मल्लको सहकार्यमा १० बर्ष पछि फेरी अर्को तीज गीत बजारमा आउने भएको छ।आज आउने तीज गीत 'देवर ज्युको बिहे'मा बद्री पंगेनी ,सुप्रिम मल्ल ठकुरी,सिन्धु मल्ल र पुजा देबकोटाको सुमधुर आवाज रहेको छ।

सिन्धु मल्ल आफैले शब्द लेख्नु भएको गीतमा संगित भने उनकै श्रीमान सुदम थापाले भरेका हुन्। सुदमले यो पटक भने भिडियोको निर्देशन पनि गरेका छन।बद्री पंगेनी बेहुला बनेको भिडियो अन्तरबार्ता यस अगाडिनै लाखौ दर्शकले हेरिसकेका छन।सोहि भिडियोको गीत आउने भएको हो।

गीतको कोरियोग्राफ भने चर्चित निर्देशक शिब बिकले गरेका छन,भिडियो उत्कृष्ट बनेको निर्माण टिमले लालीगुराँस डटकमलाइ जानकारी दिएको छ।गीतको टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ।