Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुर्य खड्काको ढुंगे धारा हिट भएपछि आयो फेरी अर्को नया गीत 'स्याब्बै माया स्याब्बै' हिट

सुर्य खड्काको ढुंगे धारा हिट भएपछि आयो फेरी अर्को नया गीत 'स्याब्बै माया स्याब्बै' हिट

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव डेढ महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । यसैविच सुर्य खड्काको नयाँ तिज गित 'स्याब्बै माया स्याब्बै' भखर्रै सार्वजनिक भएको छ ।

सुप्रसिद्ध गायिका लक्ष्मी खड्का र गायक सुर्य खड्काको गाएको गितमा गितकार शिव अखेलीको उत्कृष्ट शब्द सृर्जना र गायक खड्काको लय रचना रहेको छ । गितमा विश्वास नेपालको संगित संयोजन रहेको छ । निकै मौलिक शब्दहरुमा सजिएको उक्त गितमा प्रेमिकल जोडीहरुको माया प्रेमको विषयस्तु दर्शाईएको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

काजिश श्रेष्ठको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफीमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा ओवी रायमाझी, लोमश शर्मा, निक्स शर्मा, रुविना अधिकारी, कविता न्यौपाने र रविना भण्डारीको अभिनय संगै डान्सिङ्ग फिचर रहेको छ ।

अत्न्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई दुर्गा पौडेलले छांयाकन एवम् नविन धर्ति मगरले सम्पादन गरेका छन् । गित Surya Khadka अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :