Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

श्रीमती पिडित पुरुषको कथा:नकुल ढकाललको सृजनामा बन्यो पहिलो पटक मार्मिक गीत 'पुरुष'

श्रीमती पिडित पुरुषको कथा:नकुल ढकाललको सृजनामा बन्यो पहिलो पटक मार्मिक गीत 'पुरुष'

म्याग्दीका लोकप्रीय सर्जक नकुल ढकाललको सृजनामा ‘पुरुष’ बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ । स्मिता स्नेहा इन्टरटेन्टमेन्ट बाट प्रस्तुत भएको उक्त गीतले श्रोता दर्शकको मन जित्दै गएको छ । चौतारीको बर, जोवन, मुखियाको नाती, उखान युद्ध व्याटल लगायतका दर्जनौ चर्चित गीतहरुका सर्जक ढकालले पुरुषहरुको पीडा समावेश गरि यो गीत सृजना गर्नुभएको हो ।

महिलाहरूले झेलिरहेका समस्याहरूका बारेमा नै बढी गीतहरु बनाइएका छन् । बलात्कृत नारीका पिडा, दाइजोका कारण घरमा बुहारीले भोग्नुपरेका पिडा, बोक्सीका नाममा महिलामाथि गरिएका अत्याचार हुन वा मदिरा सेवन गरेर श्रीमतीमाथि गरिएका हिंसाका कुरा गीतमा व्यक्त हुँदै आएका छन । तर पूरुष पनि पीडामा छन भन्ने सन्देश गीतबाट प्रस्तुत गरिएको छ ।

गीतमा पुरुषका मात्र मुद्दा उठाइएको छैन, पुरुषका कारण महिलाले रोज्नुपरेका गलत बाटोका बारेमा पनि सन्देश दिन खोजिएको छ । बेरोजगार श्रीमानलाई श्रीमतीले गर्ने फरक व्यवहार, महिलाले चाहँदा सहजै श्रीमानलाई त्याग्न सके पनि पुरुषले भने बाँचुन्जेल पिडा मात्रै भोग्नुपर्ने, सहमतिमा यौन चाहना पूरा गर्ने तर मन नमिल्दा साथ जबरजस्ती करणीको मुद्दा लगाइदिने, पुरुष प्रधान समाज भनिएको भए पनि पुरुषलाई जोगिएर बाँच्नै गाह्रो भएको, सामान्य अवस्थामा नै यौन दुव्र्यवहारको आरोपमा भोग्नु परेको समस्यालाई गीतमा उतारिएको छ ।

थानेश्वर गौतम र कमला पोखरेलको आवाजमा रहेको गीतमा नकुल ढकालको शव्द र थानेश्वर गौतमको सङ्गीत रहेको छ । गीतको म्युजिक भिडियोमा प्रीति आले, ज्योति मगर, निक्स शर्मा लगायतका कलाकाहरुको अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन तथा परिकल्पना स्मृति तिमिल्सिनाले गर्नुभएको हो ।

पैसा र जवानीको तुलना गरि जवानीलाई पैसाले मात्रै धान्न नसक्ने भाव गीतमा देखाइएको छ । श्रीमान बर्षौ सम्म विदेशमा रहदा जवानीलाई सम्हाल्न नसकेर कतिपय श्रीमतिहरु गलत बाटोमा लाग्ने गरेको अवस्थालाई गीतमा देखाएर वास्तविक समाजमा यस्तो गर्न नहुने सन्देश दिन खोजिएको सर्जक नकुल ढकालले बताउनुभयो ।