Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अन्जली अधिकारीले खेलेको यसपालिको बबाल तीज गीतमा पूर्णकला बिसिको आवाज

अन्जली अधिकारीले खेलेको यसपालिको बबाल तीज गीतमा पूर्णकला बिसिको आवाज

कमल सरगम काठमान्डौ,हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको हार्दिक शुभकामना सहित जापानमा बस्दै आउनु भएकी एक प्रतिभासाली सर्जक तथा समाजसेवी इश्वरी अर्यालको प्रस्तुतिमा तीज गीत 'ओइ काजल'बजारमा आएको छ।नारीको कथालाई बिशेष जोड दिएर बजारमा आएको उक्त इश्वरी अर्याल युटुब च्यानलबाट प्रकाशित भएको हो।

इश्वरी अर्यालकै उत्कृष्ट शब्द र प्रिय कुमारको लय श्रीजनामा बजारमा आएको उक्त मौलिक तीज गीतमा आवाज भने लोकप्रिय गायिका पूर्णकला बिसीले दिएकी छिन्।एक नारी जसले आफ्नो पहिरन र शैलीको बिषयमा गीतको शब्दमा जोड दिएको पाइन्छ भने गीत तीजलाई बिशेष रुपमा जोड दिएर बजारमा ल्याइएको पाएको छ।यस अगाडी पनि इश्वरिले सृजना गरेका धेरैजसो गीतहरु सबैतिर हिट छन।

गीतमा लोकप्रिय मोडल अन्जली अधिकारीले अभिनय गरेकी छिन् भने बिनोद भण्डारीको निर्देशन भिडियोमा रहेको छ।करण चैसिरको छायांकन र मनोज कार्कीको सम्पादन रहेको भिडियो निकै उत्कृष्ट बनेको पाइन्छ।हेरौ यो बिशेष गीतको भिडियो :