कमल सरगम:काठमान्डौ- नेपाली लोक संगीत क्षेत्रकी एक होनहार मोडल सारिका केसीले खेलेको नया तीज गीत बाहिरिएको छ।'हाइ माया' बोलको गीत बाहिरिएको केहि समय बित्न नपाउदै आम दर्शकले रुचाएका छन।नेपाली लोक दोहोरीमा आफ्नो छुट्टै पहिचान बनाएका गायक खेम सेन्चुरी र देबी घर्ति मगरले आवाज दिएको उक्त गीत अहिले बजारमा आएको हो।
गीतमा सारिकालाई अभिनयमा साथ् भने खेम सेन्चुरीलेनै दिएका छन।नेत्र अर्यालको शब्द र खेम सेन्चुरीकै लय रहेको गीतमा एक प्रेमी प्रेमिकाको कथालाई बिशेष भूमिकामा राखिएको छ।सारिका केसी युटुब च्यानल मार्फत बाहिरिएको गीतमा निर्देशन भने शिब बिक ले गरेका हुन्।
नबराज उप्रेतीको छायांकन रहेको गीतको सम्पादन भने बिकाश ज्ञवालीको रहेको छ।नारीहरुको महान पर्व हरि तालिका तीजलाई बिशेष प्राथमिकतामा राख्दै यो गीत बजारमा आएको हो।गीतको टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।भिडियो हेरौ :