हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अबसरमा लोकप्रिय गायक तथा सर्जक डी आर सुजनको प्रस्तुतिमा मौलिक तीज गीत 'हजुरै हो' बजारमा आएको छ। गीतमा बोध श्रीको उत्कृष्ट शब्द रहेको छ भने डी आर सुजनलेनै गीतमा संगीत भरेका छन।
पछिल्लो समय बिधुवा नारीहरुलाई हेर्ने हाम्रो समाजको यथार्थ घटनालाई उक्त गीतमा बिशेष चित्रण गरेको पाईन्छ।गीतमा मौलिकता बिशेष जोड दिएको छ।एक नारी बर्षौ देखि बिधुवा अबस्थामा रहेकी उसको साहाराको लागि बिबाह प्रस्ताब गरि बिहे समेत गरेको पछि घरकोले सुइकार्न नमानेको कथा उक्त गीतमा रहेको छ।
अस्मिता अधिकारी,अलिना चौहान र डी आर सुजनले आवाज दिएको गीतमा अभिनय भने टिकटकका भाइरल जोडी बटुक जी र उहाको श्रीमतीको रहेको छ भने सुजन र बोध श्री पनि गीतमा बिशेष भूमिकाको रुपमा रहेका छन,आमाको भूमिकामा भने लक्ष्मी गिरि रहनु भएको छ। भिडियो निर्देशन डी आर सुजनले गरेका हुन् भने मौसम हिमालीले कोरियोग्राफ गर्नु भएको छ साथमा रेशम दर्नालिले भिडियो छायांकन गरेका हुन् भने पदम सुबेदीले सम्पादन गर्नु भएको छ।