दोहोरी क्षेत्रका होनहार गायक भागिरथ चलाउने को भाग्य फेरी चम्किएको छ। उनले पछिल्लो समय आवाज दिएको नया गीत झम झम झाम्काना युटुबको ट्रेनिङ्ग १मा प्रवेश भएको छ।यसपालिको तीज गीत मध्यकै सबै भन्दा धेरै चर्चामा आएको यो गीत टिकटकमा सर्बाधिक भाइरल छ।
भागिरथ चलाउनेले सृजना गरेका गीत मध्यमा यो पनि उत्कृष्ट बनेको हो।उनलाई आवाजमा भने सुनिता बुढा छेत्रीले साथ् दिएकी छिन् भने अभिनयमा भागिरथलाई साथ् गीता ढुंगानाले दिएकी छिन्। बोम बहादुर गाहा मगरले शब्द सिर्जना गरेका छन् भने लय भने गायक चलाउने कै रहेको छ ।
प्रकाश भट्टले निर्देशन गरेको उक्त गीतको म्युजिक भिडियो Bhagirath Chalaune अफिसियल युटुव च्यानलबाट बजारमा सार्वजनिक गरिएको छ । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :