नेपाली लोक दोहोरी क्षेत्रमा छुट्टै पहिचान बनाएका लोकप्रिय गायक अमृत सापकोटा, शान्ती श्री परियार र सुनिता बुढाको आवाज रहेको नयाँ गीत 'दुई ओठ खोल्यौ' बोलको गीत भर्खर मात्र सार्वजनिक भएको छोटो समयमै आम नेपालीको मन जित्न सफल भएको छ।
अमेरिकामा बस्दै आउनु भएका अत्यन्तै सुन्दर अभिनय गर्न सक्ने कलाकार तथा मोडल सोनाम छेत्रीको प्रस्तुतिमा बजारमा आएको गीतमा नेत्र अर्यालको शब्द सिर्जना रहेको गीतको लयमा गोविन्द पंगेनीले गरेका छन् ।संयोजन बिनोद बाजुरालीले गरेका छन् ।
उक्त गीतमा अञ्जली अधिकारी , कमल बुढाथोकी सोनाम र रजुना सुनदासको अभिनय रहेको छ । मालश्री स्टुडियोमा रेर्कडिङ गरिएको उक्त गीतको भिडियो पधेरि रोधिघर अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।