Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

लोकप्रिय गायक पशुपति शर्मा र रेनुका भट्टराईले गाएको तिज गित 'कति नक्कल' बजारमा (भिडियोसहित)

लोकप्रिय गायक पशुपति शर्मा र रेनुका भट्टराईले गाएको तिज गित 'कति नक्कल' बजारमा (भिडियोसहित)

हिन्दु नारीहरुको महान पर्व हरि तालिका तीज नजिकिदै गर्दा लोकप्रिय गायक पशुपति शर्मा र रेनुका भट्टराइको सहकार्य बाहिरिएको छ। गत बर्ष खेम सेन्चुरी संग गीत गरेकी रेनुकालाई यो पटक भने पशुपति शर्मा संग जुरेको छ। 'कति नक्कल' बोलको गीतमा आवाज भने रेनुका भट्टराइ र पशुपति शर्माको रहेको छ।

आजै सार्बजनिक भएको उक्त गीतमा पशुुपति शर्माको उत्कृष्ट लय र शब्द रचना रहेको छ । रत्यौली भावमा जोडिएको उक्त तीज गीत एक प्रेमी प्रेमिकाको कथामा निहित छ भने भिडियोमा निकै सुन्दर जोडी अनुबन्दित भएका छन। आर्यान घिमिरे र रक्षा भट्टराईको नृत्य रहेको गीतमा प्रकाश भट्टको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफ रहेको छ ।

भिडियोलाई अजय रेग्मीले छांयाकन एवम् विष्णु शर्माले सम्पादन गरेका छन् । गित Pashupati Sharma अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको छ । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :