Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रचना रिमाल र प्रेम सापकोटाले गाएको गीत कपि गर्ने सर्जकले माफी माग्दै राखे नाम,दुवै पक्षबीच भयो सहमति

रचना रिमाल र प्रेम सापकोटाले गाएको गीत कपि गर्ने सर्जकले माफी माग्दै राखे नाम,दुवै पक्षबीच भयो सहमति

कमल सरगम,काठमान्डौ: लालीगुराँस डटकममा रचना रिमाल र प्रेम सापकोटाले गाएको गीत कपि भएको समाचार प्रकाशन भएको केहि समय बित्न नपाउदै दुई पक्ष बीच छलफल भइ सहमति भएको छ। कपि गर्ने सर्जक निर्मल बुढा छेत्री र शेर सिर्पालीले आयन न्यौपाने संग माफी माग्दै सृजनामा आयन न्यौपानेको नाम राख्दै सहमति भएको गायक प्रेम सापकोटाले लालीगुराँस डटकमलाइ जानकारी दिनुभयो।

उता निर्मल बुढा छेत्रीले आफुहरुले जानी जानि न भएर सुनिरहेको गीत अन्जानमा मिल्न पुगेको भन्दै आगामी दिनमा यस्तो न हुने र सुधार गरेर संगीत क्षेत्रमै निरन्तर रहेने भन्दै माफी मागेका छन।शेर सिर्पालिले पनि आफ्नो टिमबाट कमजोरी भएको र अर्को टिमले साथ् दिएको भन्दै आम दर्शक बीच माफी मागेका हुन्।

न्यौपानेले सृजना गरेको गीत 'मुटु बैनाको' २ ओटा टुक्कानै कपि भएको थियो ।एउटा टुक्का केहि मिलाए जस्तो देखिन्छ भने अर्को टुक्का जस्ताको तस्तै प्रकाशन गरिएको पाईएको हो ।निर्मल बुढा छेत्री र शेर सिर्पालीले आयन न्यौपानेको सृजना दुरुस्तै कपि गरेका हुन्। दुवै पक्षलाइ मिलाउन लालीगुराँस डटकमले भूमिका खेलेको भन्दै दुवै पक्षले धन्यवाद व्यक्त गरेका छन।

दुइ सर्जकको नाम अग्रिम रुपमै रहेको उक्त गीतमा प्रयोग भएको कपि शब्द कसले लेख्नु भयो भन्ने अहिले सम्म खुल्न सकेको छैन तर उता पिडित भनिएका आयन न्यौपानेले भने आफु अन्यायमा पर्दा कसैले साथ् न दिएको र अन्तिममा मिडियाको साहरा लिन परेको लालीगुराँस डटकमलाई बताउनु भएको थियो ।बर्षौ देखि संगीत क्षेत्रमा आफ्नो सृजनाबाट प्रवेश गरिरहेको बेलामा आफ्नै सृजनालाई यसरी प्रहार भएकोमा सहन नसकेको तर कोहि कलाकारले पनि साथ् दिन न खोजेको उनको भनाइ थियो ।

आयनले सृजना गरेको गीत भने लोकप्रिय गायक तथा सर्जक प्रेम सापकोटा सोनु र रचना रिमालको आवाज रहेको छ र गीतको निर्माता भने अविरल ओली रहनु भएको छ।यता शब्द कपि गरिएको गीत 'जुनि जुनीमा' आवाज भने शेर श्रीपाली ,निर्माण बुढा छेत्री र सुनिता बुढा छेत्रीले भरेका छन। आफुहरु न्यायको लागि प्रतिलिपि रजिष्ट्रार कार्यालयमा जाने पिडित पक्षको भनाइ थियो तर दुवै पक्षले यस बिषयलाई मिलाएर अगाडी बढ्ने सहमति भएर युटुबमा आयनको नाम पनि समाबेस गरेर निर्मलले माफी मागेपछि दुवै टिम सहमतिमा आएको हो।

यो पनि पढ्नुहोस 

गायिका रचना रिमाल र प्रेम सापकोटाले गाएको गीतको शब्दनै चोरि,दुरुस्तै प्रयोग गरेर गीत बजारमा

कपि भएको शब्द यस प्रकार छन :

पहिले प्रकाशित शब्द

बरलाई साथ पिपलुको पिपलुलाई बरको

तिमी नै छौ मुटु भित्र छैन कोइनि अर्को "मुटु बैना"

अहिले प्रकाशित शब्द :

बरलाई खाचो पिपलुको पिपलुलाई बरको

तिमी मात्रै यो मुटुमा कोई छैन अर्को *"बन्छौ भने मेरै"

पहिले प्रकाशित शब्द

पुतलिलाई पासो पार्नी माकुरिको जाली ।

मलाइ तिम्रै पिरतिले पासो पार्यो काली "मुटु बैना "

अहिले प्रकाशित शब्द :

माकुराको जाल बन्यो पुतली लाई पासो

मेरो पनि पासो बन्यो मायालुकै हाँसो" बन्छेउ भने मेरै "

पुरानो गीत हेर्नुहोस :

शब्द कपि गरिएको गीत हेर्नुहोस