कमल सरगम काठमान्डौ : नेपाली लोक संगीतको एक इतिहास थियो जुन समयमा नबराज घोरासैनीले जुन गीत गाउँथे सो गीत सुपरहिटनै हुने गर्दथ्यो हो।अधिकांश गीतहरु अहिलेपनि कालजयी छन घोरासैनी सो मध्यको एक गीत हो गमलामा जाई जसको भाग २ बजारमा आएको छ यतिबेला। नया पुस्तामा एक आसलाग्दो आवाज भएका सबैका प्रिय गायक प्रताप दास र नबराज घोरासैनीकै छोरी मनिषा घोरासैनीले गाएको नया गीत 'गमलामा जाइ-२' यतिबेला युटुब मार्फत सार्बजनिक भएको छ।
गीतको टिकटक एकै दिनमा भाइरल भए पछि तोकिएको मिति भन्दा अगाडीनै गीत बजारमा ल्याइएको गीतका ओर्जिनल गायक तथा सर्जक नबराज घोरासैनीले लालीगुराँस डटकमलाइ जानकारी दिनुभयो।गीतमा अभिनय पनि प्रताप दास र मनिषा घोरासैनीकै रहेको छ भने लय शब्द नबराज घोरसैनिको रहेको छ।भाग २ दिईएको गीतमा भाका भने पुरानै रहेको छ जसमा शब्द मात्रै परिवर्तन गरिएको छ।
आवाज र शब्दमा परिवर्तन देखिएको गीतले आम दर्शकको मन जित्ने पक्का देखिन्छ।नया पुस्तालाई पुरानो पुस्ताको साथ् प्रष्ट देखिन्छ यो गीत बाट,गीतमा एक प्रेमी प्रेमिकाको कथालाई बिशेष प्राथमिकता दिईएको छ ।हेरौ पुरा गीत कस्तो छ भिडियोनै: