Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नायिका एलिजा गौतमले आफ्नो फाउन्डेसनबाट गरिन निशुल्क एम्बुलेन्स वितरण

नायिका एलिजा गौतमले आफ्नो फाउन्डेसनबाट गरिन निशुल्क एम्बुलेन्स वितरण

आज एलिजा गौतमको नेतृत्वको एलिजा फाउण्डेशनद्धारा तेह्रथुम जिल्ला फेदाप गाउँपालिकालाई निशुल्क एम्बुलेन्स हस्तान्तरण गरेको छ । दुर्गम जिल्ला फेदापमा एम्बुलेन्सको आवश्यकता महशुस भएपछी समासेवी तथा नायिका एलिजा गौतले यस्तो निर्णय गर्नुभएको हो ।

सामजिका कार्यमा निकै सकृय भएर काम गरिरहेकी नायिका एलिजा गौतमको यो कदमको चौतर्फी तारिफ भइरहेको छ।उनले आगामी दिन अझै व्यापक रुपले यस्तै बिकट ठाउँहरुमा काम गर्ने बताउनु भयो ।

एम्बुलेंस हस्तान्तरण कार्यक्रमको अवसरमा उनले आफ्नो आमाबुवा, फ़ाउन्डेशनको संरक्षक गिता देबी भेटुवाल , भरत गौतम लगायत सवैलाई धन्यवाद दिनु भएको छ । यस्तै कार्यक्रमा नायिका एलिजा गौतम कै श्रीमान तथा संचारकर्मी ऋषि धमलाको पनि सहयोग जारी रहेको पाइन्छ।

नायिका एलिजाले लेखेकी छिन् :आज मेरो आफ्नै एलिजा फाउण्डेशन द्वारा Terhathum जिल्ला फेदाप गाउँपालिका लाई अाज निशुल्क एम्बुलेन्स हस्तान्तरण गरेको छु आउने दिन अझै दुर्गम जिल्ला मा बिकट ठाउँमा अफ्ट्यारो परेको ठाउँमा मेरो सहयोग निरन्तरता सधैँ रहने छ 🙏 🇳🇵

एम्बुलेन्स हस्तान्तरण कार्यक्रमकाे अवसरमा मेरो Mumy Dady फाउण्डेशन को संरक्षक गिता देवी भेटुवाल Bharat Goutam जानकारी गराउनु हुंदै ।🙏❤️ Gita Bhetwal Gautam🙏❤️

🙏❤️🇳🇵