Shares
Shares
कमल सरगम,काठमान्डौ:नेपाली संगीत क्षेत्रमा पछिल्लो केहि समय यता सृजना दुरुस्तै कपि गर्ने र प्रकाशन गर्ने प्रचलन एउटा फेसन जस्तै भएको छ।सुन्दा अचम्म लाग्ला तर यो धुर्बसत्य हो एक सर्जकले ७ महिना अगाडी गीत बजारमा ल्याउछन जसको सृजना ७ महिना पछि जस्ताको तस्तै अर्को गीतमा समाबेश हुन्छ भने त्यो भन्दा अन्याय के हुन सक्छ र कलाकारलाई ?
हो त्यस्तै भएको छ एक नया पुस्तामा उदाउदै गरेका सर्जक आयन न्यौपानेलाइ।न्यौपानेले सृजना गरेको गीत 'मुटु बैनाको' २ ओटा टुक्कानै कपि भएको छ।एउटा टुक्का केहि मिलाए जस्तो देखिन्छ भने अर्को टुक्का जस्ताको तस्तै प्रकाशन गरिएको पाईएको छ।निर्मल बुढा छेत्री र शेर सिर्पालीले आयन न्यौपानेको सृजना दुरुस्तै कपि गरेका हुन्।
दुइ सर्जकको नाम अग्रिम रुपमै रहेको उक्त गीतमा प्रयोग भएको चोरि शब्द कसले लेख्नु भयो भन्ने अहिले सम्म खुल्न सकेको छैन तर उता पिडित भनिएका आयन न्यौपानेले भने आफु अन्यायमा पर्दा कसैले साथ् न दिएको र अन्तिममा मिडियाको साहरा लिन परेको लालीगुराँस डटकमलाई बताउनु भयो।बर्षौ देखि संगीत क्षेत्रमा आफ्नो सृजनाबाट प्रवेश गरिरहेको बेलामा आफ्नै सृजनालाई यसरी प्रहार भएकोमा सहन नसकेको तर कोहि कलाकारले पनि साथ् दिन न खोजेको उनको भनाइ छ।
आयनले सृजना गरेको गीत भने लोकप्रिय गायक तथा सर्जक प्रेम सापकोटा सोनु र रचना रिमालको आवाज रहेको छ।यता शब्द कपि गरिएको गीत 'जुनि जुनीमा' आवाज भने शेर श्रीपाली ,निर्माण बुढा छेत्री र सुनिता बुढा छेत्रीले भरेका छन। आफुहरु न्यायको लागि प्रतिलिपि रजिष्ट्रार कार्यालयमा जाने पिडित पक्षको भनाइ छ।
चोरिएको शब्द यस प्रकार छन :
पहिले प्रकाशित शब्द
बरलाई साथ पिपलुको पिपलुलाई बरको
तिमी नै छौ मुटु भित्र छैन कोइनि अर्को "मुटु बैना"
अहिले प्रकाशित शब्द :
बरलाई खाचो पिपलुको पिपलुलाई बरको
तिमी मात्रै यो मुटुमा कोई छैन अर्को *"बन्छौ भने मेरै"
पहिले प्रकाशित शब्द
पुतलिलाई पासो पार्नी माकुरिको जाली ।
मलाइ तिम्रै पिरतिले पासो पार्यो काली "मुटु बैना "
अहिले प्रकाशित शब्द :
माकुराको जाल बन्यो पुतली लाई पासो
मेरो पनि पासो बन्यो मायालुकै हाँसो" बन्छेउ भने मेरै "
पुरानो गीत हेर्नुहोस :
शब्द चोरिएको गीत हेर्नुहोस
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209