Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपाली युवाहरुले भोग्दै आएको सबैलाई रूहाउने गीत 'गुनासो' हेरौ

नेपाली युवाहरुले भोग्दै आएको सबैलाई रूहाउने गीत 'गुनासो' हेरौ

काठमाण्डौ । नेपाली सांगीतिक क्षेत्रमा समाजमा घट्ने घटनाहरूलाई विषय बनाएर निकै कम मात्र गीतहरू सार्वजनिक हुन्छ । यस्तै समाजको वास्तविक घटनालाई उठाएको गीत गुनासो लिएर युवा गायक तथा सर्जक कुशल विश्वकर्मा दर्शक माझ आएका छन ।

वैदेशिक रोजगारले निम्ताएको भयानक गाउँको अवस्थालाई गीतमा निकै कलात्मक रुपमा उठाइएको छ भने अडियो र भिडियो अन्तिम सम्म हेर्दा दर्शकका आँखा समेत रसाएको प्रतिक्रियाहरू आएका छन ।

सम्भावना भएका युवा गायक भित्र पर्ने निकै सुरिलो स्वरका धनी गायक कुशल आफैले गीतमा आवाज दिएका छन भने शक्ति क्षेत्रको शब्द सिर्जना रहेको गीतमा एकनारायण भण्डारीले लय सिर्जना गरेका छन ।

दीलिप रेग्मीले निर्देशन गरेको गीतमा सुरविर पण्डित,दीलिप रेग्मी र दिव्या न्यौपानेको अभिनय रहेको छ ।