लालीगुराँस डटकमको समाचार प्रकाशन भएको केहि घण्टा नबित्दै चोरि भएको सृजनाको बिषयमा दुइ पक्षबीच सहमति भएको छ। नेपाली लोक दोहोरी क्षेत्रका लोकप्रिय गायक बिमल डाँगी गाएको लोकदोहोरी गीत ‘नुवाकोटे नानि’को भाका चोरि भएको समाचार प्रकाशित भएको केहि समय बित्न नपाउदै उक्त सृजना कपि गर्ने सर्जक इन्द्र मगर सम्पर्कमा आएर आफुले अन्जानमा गल्ति गरेको भन्दै माफी मागेका छन।
आज भन्दा १ हप्ता अगाडी बजारमा आएको ‘गोसाइँकुण्ड महादेवथान ‘ बोलको गीतमा बिमल डाँगीको पुरानो गीतको भाका चोरि भएको थियो उक्त दुवै गीतका कलाकारलाई संगै राखेर सहमतिमा ल्याउन लालीगुराँस टिम सफल भएको छ ।
पूर्ण रुपमा उक्त भाका मिलेको र आफुले उक्त भाका चोरि भएको भन्दै डाँगीले फेसबुकमा दर्शकलाई प्रतिक्रिया मागेका थिए।सबैजसो दर्शकले डाँगीकै पक्षमा बोल्दै सृजना कपि गर्ने सर्जकलाइ कारबाही गर्न पर्ने र गीत हटाउन पर्ने माग राखेका थिए । दिनेश घतानिले भाका बनाएको उक्त गीत आज भन्दा १५ बर्ष पूर्णकला बिसीसंग गाएको थिए, गीत अहिले भने श्री कृष्ण थापा र सबिना थापा मगरले गाएका छन भने इन्द्र मगरले संगीत गरेका छन।
उता इन्द्रले आफ्नो फेसबुकमा माफी माग्दै लेखेका छन "नमस्कार म कलाकार इन्द्र मगर
मैले केहि दिन अगाडी लय सृजना गरेको नया गीत गोसाइँकुण्ड लोकप्रिय गायक मेरो अग्रज कलाकार बिमल डाँगीको प्रस्तुतिमा रहेको दिनेश घतानीको भाकामा रहेको गीत नुवाकोटे नानि संग मिल्न पुगेछ ,मैले पछि दाईको सृजना सुने पनि ,सायद सानैदेखि सो गीत सुनेर प्रभाव परेको हुन सक्छ सोहि अनुरुप पनि मैले भाका बनाउदा मिल्न पुग्यो मैले लालीगुराँस डटकमको समाचार आएपछि थाह पाएर बिमल डाँगी दाई संग सहमति गरेर उक्त गीतको सृजना गर्ने असली सर्जकको नाम समेत उल्लेख गरि सहमति सहित पुन गीत राखेको छु ,यो सहज भूमिका खेल्नुहुने कमल सरगम जी र लालीगुराँस डटकम परिवारलाई हार्दिक धन्यवाद , अन्जानमा भएको कमजोरी प्रति माफी चाहन्छु"
डाँगी संग कुराकानी गर्ने क्रममा उनले भने ‘आफुले मिहनत गरेर १५ बर्ष अगाडी बजारमा ल्याएको गीत एक्कासी जस्ताको तस्तै भाका राखेर बजारमा आउदा असाद्धै चित्त दुख्यो,नव कलाकारहरु आउदा म सधै उत्साहित हुन्छु प्राय नव कलाकारलाई नै मेरो सृजनामा बिशेष स्थान रहन्छ तर यो पनि हैन कि नव कलाकार सर्जकले मेरो गीत जस्ताको तस्तै बजारमा ल्याएर आउँन।' पछिल्लो संगीत यात्रामा राम्रो सृजनालाई यसरी अपमान हुने गरि कपि गर्दा असली सर्जक पिडामा परेका छन।डाँगीले तत्काल गीतका सर्जक सम्पर्कमा नआए नियम अनुसार कानुनि प्रक्रियामा जाने लालीगुराँस डटकमलाइ बताएका छन।
उता इन्द्रको युटुब च्यानलमा पनि असली सर्जकको नाम उल्लेख गरिएको छ ,गीतमा असली सर्जकको नाम उल्लेख गरिएको र आपसी समजदरिमा अगाडी बढेको डाँगीले लालीगुराँस डटकमलाइ जानकारी दिनुभयो डाँगीले नव कलाकारलाई हतोत्साहित न होस् भन्ने हेतुले सहज भूमिका खेलेको बताएका छन।