Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

परदेशी गायक सुर्य खड्काले गाएको तीज गीत ढुंगेधारा टिकटक देखि युटुबसम्म चर्चामा,ट्रेनिङ्गको शिर्ष स्थानमा

परदेशी गायक सुर्य खड्काले गाएको तीज गीत ढुंगेधारा टिकटक देखि युटुबसम्म चर्चामा,ट्रेनिङ्गको शिर्ष स्थानमा

काठमाडौं ।आम दर्शक श्रोताको मन जितेका परदेशी गायक हुन् सुर्य खड्का ,उनि जापानमै बसेर पनि आम नेपालीको मन सृजना गर्ने कलाकारमा पर्ने गर्छन।हरेक बर्षको तीजमा उनले ल्याएका गीतहरु उत्कृष्टमा पर्ने गर्दछन जस मध्यमा एक हो“ढुंगेधारा”।

बजारमा आएको छोटो समयमै युटुबको तेश्रो नम्बरमा रहेको गीत अहिले झन्डै १३ लाख भन्दा बढी दर्शकले हरिसक्नु भएको छ।हरेक टिकटकमा सर्बाधिक रुचाइएको यो गीत अहिले आम नेपालीको मन मुटुमा रहेको छ।यासपलिको तीजकै उत्कृष्ट बन्न सफल गीतमा गायक सुर्य खड्का र रचना रिमालको आवाज रहेको छ।

गीतमा शिब अखेलिको शब्द लय रहेको छ।भिडियोमा मोडल लोमस शर्मा र अस्मिता रनपालको दमदार अभिनय रहेको देख्न सकिन्छ। कुमार केसीको निर्देशनमा रहेको गीतलाइ छायांकन अजय रेग्मीले गरेका हुन् भने बिकास ज्ञवालीले सम्पादन/कलर गरेका हुन्।

भिडियो सुर्य खड्काको युटुव च्यानलवाट बजारमा आएको हो। पुरा भिडियो हेर्नुहोस् :