Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

चर्चित बाल गायक सुप्रिम मल्ल ठकुरी र सुनिता बुढाले गाएको पवन ओलीको चौतारीमा हावा सरर चर्चामा

चर्चित बाल गायक सुप्रिम मल्ल ठकुरी र सुनिता बुढाले गाएको पवन ओलीको चौतारीमा हावा सरर चर्चामा

नेपाली संगीत क्षेत्रको एउटा धरोहर हुन् पवन ओली ,हाल अमेरिका बसेरै दोहोरी क्षेत्रलाइ अग्र स्थानमा लान निरन्तर लाग्दै आएका ओलीले फेरी अर्को उत्कृष्ट सृजनालाई बजारमा ल्याएका छन।पवन ओली युटुब च्यानल मार्फत केहि दिन अगाडी मात्रै बजारमा आएको लोक दोहोरी गीत चौतारीमा हावा सरर चर्चामा रहेको छ।

बाल गायक सुप्रिम मल्ल ठकुरी र लोकप्रिय गायिका सुनिता बुढा छेत्रीको सुमधुर आवाज रहेको उक्त गीत अहिले पवन ओलीले बजारमा ल्याएका हुन्।धेरै बर्ष अगाडी पवन ओलीले यो गीत बजारमा ल्याएका थिए अहिले नया पुस्ताका कलाकारलाई आवाज भर्न दिदै गीत सार्बजनिक गरेका हुन्।

पहिले भने उक्त गीतमा आवाज माधब भण्डारी पवन ओली र बिमा कुमारी दुराको रहेको थियो।गीतमा शब्द संगीत पनि पवन ओलीकै रहेको छ भने अभिनय बाल गायक सुप्रिम मल्ल ठकुरी र सुनिता बुढा छेत्री आफैले गरेका छन।पुरा भिडियो हेरेर सबैले कमेन्टमा गीतको प्रशंसा गरेका छन।हेरौ यो भिडियो :