काठमाडौं । अभिनेत्री नीता ढुङ्गानाले विवाह गरेकी छन् ।
ढुङ्गानाले ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीसँग आज लगनगाँठो कसेकी हुन् । नीता र हरिहरको विवाह दरबारमार्गस्थित होटल याक एण्ड यतीमा भइरहेको छ ।
विवाहमा दुवै तर्फका नजिकका आफन्त र सीमित साथीभाइको सहभागिता छ । केही वर्षदेखि प्रेममा रहेका उनीहरूले आज विवाह गरेका हुन् ।
विवाहअघि बुधबार उनको मेहन्दी तथा संगीत समारोह समेत आयोजना गरिएको थियो । विवाहमा सञ्चारकर्मीलाई प्रवेश दिइएको छैन ।
विवाहको रिप्सेसन पाटी भने आइतबार हुनेछ ।