Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

खेम सेन्चुरी र सान्ति श्री परियारले गाएको पहिलो तीज गीत आयो यो सालको

खेम सेन्चुरी र सान्ति श्री परियारले गाएको पहिलो तीज गीत आयो यो सालको

काठमाण्डौ । नेपाली नारिहरुको महान पर्व हरितालिका तीज आउन केही समय बाँकी भए पनि कलाकारहरूलाई भने तीज लागिसकेको छ । गीत सङ्गीतको पर्वको रुपमा लिइने तीजमा सयौँ गीत सार्वजनिक हुने गरेका छन ।

यो वर्षको लागि खेम सेञ्चुरी र शान्ती श्री परियारको आवाज रहेको नयाँ गीत मायाको झझल्को बारम्बार बोलको गीत भर्खर मात्र सार्वजनिक भएको छ । गीतलाई शुभारम्भ डिजिटलले बजार व्यवस्थापन गरेको छ ।

नेत्र अर्यालको शब्द सिर्जना रहेको गीतमा चन्द्र न्यौपानेको लय सिर्जना रहेको छ । गीतले माया प्रेमलाई विषय बनाएको छ भने अडियो र भिडियो दमदार रहेको छ । गीतमा अञ्जली अधिकारी र खेम सेञ्चुरीको अभिनय रहेका छ भने प्रकाश भट्टले भिडियो निर्देशन गरेका छन ।

भिडियो हेर्नुहोस् :

https://youtu.be/Fg5knJVNc7w