Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अभद्र र असामाजिक लाइभ दोहोरीप्रति प्रतिष्ठानको ध्यानाकर्षण

अभद्र र असामाजिक लाइभ दोहोरीप्रति प्रतिष्ठानको ध्यानाकर्षण

काठमाडौं । लाइभ दोहोरीको नाममा गाइने अभद्र र असामाजिक गीतप्रति आफूहरूको ध्यानाकर्षण भएको लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले बताएका छन्।

शुक्रबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै लाइभ दोहोरीमार्फत समाजमा विकृति फैलाउने खालका गीतले आफूहरूको ध्यानाकर्षण भएको जनाएका हुन्।

संस्थाका तर्फबाट बारम्बार अनुनय विनय गर्दा पनि बेवास्ता गरेका र असामाजिक रूपमा प्रस्तुत भएका कलाकारहरूलाई पत्र पठाई प्रतिष्ठानको कार्यालयमा बोलाएर स्पष्टीकरण माग्ने तयारी भइरहेको पनि उनले बताएका छन्।