काठमाडौँ । लोकदोहोरी गायिका दिलमाया सुनारको आज अन्त्यष्टि गरिदै छ ।
दिलमाया साइलि बहिनी निर्मला कुबेतबाट नेपाल आपछि मात्रै दिलमायको शब दाहसस्कार गर्ने भनिएको थियो । यद्यपी निर्मला नेपाल आईसकेको र अहिले ११ बजे नै नेपालगन्ज जादै छिन् ।
निर्मला नेपाल आए पछि मात्रै दिलमायको शब दाहसस्कार गरिने भनेर परिवार निर्मलाको प्रखाइमा रहेका थिए ।
सुनार शनिबार बिहान पौने ११ बजे कोठामा मृत अवस्थामा भेटिएकी थिइन्।
उनको मृत्यु झुन्डिएरै भएको पोस्टमार्टमको रिपोर्ट देखिएको प्रहरीले जनाएको छ । यस अघि सुनारको मृत्युको घटनाको निष्पक्ष छानबिन गर्न भन्दै लोकदोहोरी कलाकारहरुले बालाजु प्रहरी वृत्तमा दबाब दिएका थिए ।
उनीहरुले सुनारको मृत्युलाई लिएर थप रहस्य बाहिर आएको भन्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरिएको थियो । तर, प्रहरी स्रोतले उनको मृत्यु घाँटी थिचेर भएको नदेखिएको बताएको छ।
प्रहरीले यो घटनामा सुनारका प्रेमी भनिएका सूर्य श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ। श्रेष्ठबिरुद्ध परिवारले कर्तव्य ज्यान कसुरमा किटानी जाहेरी दिइसकेको छ। प्रहरीले श्रेष्ठलाई पाँच दिन म्याद लिएर अनुसन्धान गरिरहेको छ।