Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अश्लील र अपाच्य शैलीका तीज गीत बनाए कारबाही हुने लोक तथा दोहोरी प्रतिष्ठानको चेतावनी

अश्लील र अपाच्य शैलीका तीज गीत बनाए कारबाही हुने लोक तथा दोहोरी प्रतिष्ठानको चेतावनी

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सामाजिक सदभावमा खलल पुर्‍याउने, अभद्र, द्विअर्थी र अपाच्य किसिमका तीज गीत सार्वजनिक नगर्न आग्रह गरेको छ ।

अध्यक्ष रमेश बीजीले विज्ञप्ति जारी गर्दै संस्थागत आग्रहलाई बेवास्ता गरिए साधारण सदस्यता लगायत संस्थागत सेवाबाट समेत बञ्चित गर्ने चेतावनी दिएका छन् ।

तीज गीतमा विकृति, विसंगति र अभद्र श्रव्यदृश्य समावेश भएको गुनासो आएकाले त्यसो नगर्न प्रतिष्ठानले आग्रह गरेको हो ।

तीज नजिकिंदै गर्दा पछिल्लो साता तीज सम्बन्धी गीत निर्माणको क्रममा वृद्धि भएको छ ।