Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

लोकप्रिय गायक नवीन परियार र लक्ष्मी खड्काको आवाजमा मौलिक गित पन्चेबाजा ‘रानी हजुर’ सार्बजनिक

लोकप्रिय गायक नवीन परियार र लक्ष्मी खड्काको आवाजमा मौलिक गित पन्चेबाजा ‘रानी हजुर’ सार्बजनिक

काठमाडौँ । पछिल्लो समय नेपाली सांगितिक बजार फेरि तात्दै गएको छ । अहिले प्रायःजसो दैनिक रुपमा नयाँ गीतहरु सार्वजनिक भैइरहेका छन । अझ अहिले थुप्रै कलाकारहरू विभिन्न किसिमका सांगितिक कोसेलीको तयारी र बजारमा ल्याउन जुटिरहेका छन ।

यसैक्रममा लोकप्रिय गायक नवीन परियार , लक्ष्मी खड्का र कुलदीप न्यौपानेको आवाजमा मौलिक गित पन्चेबाजा‘रानी हजुर’ बोलको गीत मार्फत सार्बजनिक भएको छ । त्यसैगरी गीतमा संगीत नबिन परियार र शब्द कुलदीप न्यौपाने र संगीत सम्योजन ९एरेन्जमेन्ट० भने सुनिल परियारको रहेको छ ।

भिडियोलाई कमल भक्तले निर्देशन गरेका छन भने भिडियोलाई मुकेश हुमागाईले खिचेका छन । उक्त म्युजिक भिडियोको सम्पादन भने अमृत चापागाईले गरेका छन ।

यस गीतको भिडियोमा चर्चित अनुहारहरुलाई राखिएको छ । भिडियोमा करिश्मा ढकाल ,जोन बम ,अस्मिता रणपाल,मनिश परियार, स्मृति थापा मगर साथै गितका गायक नबिन परियारलाई पनि भिडियोमा देख्न सकिन्छ ।

भर्खर मात्र बजारमा आएको पन्चेबाजा गित “रानी हजुर” बोलको गीत निकै मिठो रहेको छ । थुप्रै दर्शकहरुले निकै सकारात्मक प्रतिक्रिया दिएका छन। गीतलाई “नबिन परियार” युट्युब च्यानल मार्फत बजारमा ल्याईएको छ ।

गीतको भिडियो गायक नबिन परियारले आफ्नो जन्मभुमी गुल्मिको कालिगण्डकी गाउपालिका –२ गुल्मीमा गरेक छन ।

https://youtu.be/-IenNgH-4r8