Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गायक बाल कुमार श्रेष्ठको संयोजकत्वमा प्रतिष्ठान ओखलढुंगाले पान्डव सुनुवार विशेष कार्यक्रम बन्ने भो सालिक।

गायक बाल कुमार श्रेष्ठको संयोजकत्वमा प्रतिष्ठान ओखलढुंगाले पान्डव सुनुवार विशेष कार्यक्रम बन्ने भो सालिक।

ओखलढुंगा ।लोक गायक साथै सन्चारकर्मी स्वर्गीय पाण्डब सुनुवारको सम्झनामा सालिक साथै पार्क निर्माण गरिने भएको छ । उहाँको जन्म स्थान ओखलढुङ्गाको खिजिदेम्बा रंगनीमा अर्धकदको शालिक सहित पार्क निर्माण हुन लागेको हो।

राष्ट्रीय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिती ओखलढुङ्गाले उक्त्त काम अगाडि बढाएको छ। केहि दिन अगाडि बसेको प्रतिष्ठानको पुर्ण बैठकले उहाँको जन्म स्थान रगनीमा सालिक निर्माण गर्ने निर्णय गरेको हो ।

शालिक निर्माण कार्य अगाडि बढाउनको लागी प्रतिष्ठानले आगामी असार ११ गते शनिबार काठमान्डूको चाबहिल स्थित नवदुर्गा पार्टी प्यालेसमा ''पाण्डब सांगीतिक भेट'' नाम दिएर बृहत कार्यक्रमको आयोजना समेत गर्ने भएको छ। कार्यक्रममा ओखलढुंगाका सम्पुर्ण जन निर्बाचित जन प्रतिनिधि, पूर्व जनप्रतिनिधि, नेता कार्यकर्ता,कलाकार,संगीतप्रेमी,सर्बसाधारण सबैमा निमन्त्रणा समेत गरेको छ।

कार्यक्रममा शालिक निर्माण घोषणा,सास्कृतिक कार्यक्रम,सम्मान कार्यक्रम समेत रहेको आयोजकले बताएको छ।

शालिक साथै पार्क निर्माणका लागि आवश्यक कानुनी,आर्थिक, भौतिक लगायतको तयारी पूरा गरी काम शुरु गर्नको लागि निर्माण समिती समेत गठन गरिएको छ । ओखलढुङ्गा रंगनीकै चर्चित लोक गायक बालकुमार श्रेष्ठ संयोजक रहने गरी सह-संयोजकमा लिला श्रेष्ठ,सहित तिलक सुनुवार,अर्जुन घिमिरे,कबिता खत्री,रोशन बुढाथोकी,बिष्णुमाया श्रेष्ठ साथै सम्पुर्ण प्रतिष्ठान सदस्य रहने गरी मूल समिति समेत गठन गरिएको छ।

यता कोषअध्यक्ष दीर्घ गदाईलीको संयोजकत्वमा सम्पुर्ण कार्यसमिति सदस्य रहने गरि आर्थिक उपसमिति पनि गठन गरिएको छ । कार्यक्रम सफल पार्न सम्पूर्ण ओखलढुङ्गाका जनता,नेता साथै देशभरिका कलाकारहरुमा प्रतिष्ठानले हार्दिक आग्रह गरेको छ।