Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

विजय गौतम र लक्ष्मी खड्काको आवाजमा करिश्मा ढकाल र अस्मिता रनपालको अभिनयमा मौलिक लोक दोहोरी गित आधिखोला सर्बजनिक

विजय गौतम र लक्ष्मी खड्काको आवाजमा करिश्मा ढकाल र अस्मिता रनपालको अभिनयमा मौलिक लोक दोहोरी गित आधिखोला सर्बजनिक

काठमाडौं । पछिल्लो समय नेपाली साङ्गीतिक बजारमा विभिन्न प्रकारका गित सङ्गीत दिनहुँ जसो सयौंको सङ्ख्यामा आइरहेको हुन्छ।डिजिटल प्रविधि नयाँ कलाकारको आगमन बढ्दो भएता पनि धेरै खर्चिलो बनेको नेपाली साङ्गीतिक क्षेत्र झन-झन तछाड मछाड गरेर अघि बढिरहेको सजिलै देख्न सकिन्छ।

त्यही भिडमा यतिबेला एउटा आशा लाग्दो नेपाली मौलिकपन बोलेको लोकदोहोरी गित आधीँखोलाको हिजो सार्बजनिक भएको छ।पुराना सर्जक गित सङ्गीतलाई धेरै नजिकबाट नियालेका प्रखर ब्यक्ती आफैमा अतभुत क्षेमता भएका अझै भनौ पछिल्लो समय बैँस सापटी नामको गितबाट गितसङ्गीतको बजारमा फड्को मारेका गायक,सर्जक,सङ्गीतकार विजय गौतमको उत्कृष्ट शब्द सङ्गीत रहेको गितको सङ्गीत समायोजन सुनिल परियले गरेका छन भने उक्त गितमा स्वर गौतम स्वयम् र महिला आवाजमा लक्ष्मी खड्काले साथ दिएकी छिन ।

कमल भक्तको निर्देशनमा मुकेश हुमागाईले खिचेका भिडियोमा अमृत गौतम,करिस्मा ढकाल,अस्मिता रनपा,बिनोद परियार,इन्द्रकुमार श्रेष्ठ लगायत आधा दर्जन भन्दा धेरै कलाकारहरुको लोभलाग्दो अभिनय गरेको भिडियोमा स्याङ्जा जिल्लाको विभिन्न ठाउँको रमणीय दृश्यहरु अबलोकन गर्न सकिन्छ,भने भिडियो सम्पादन अहिलेका ब्यस्त सम्पादक अमृत चापागाईंले गरेका हुन।

आलमदेवी ईन्टरटेनमेन्ट youtube च्यानल मार्फत बजारमा आएको गितले धेरै भन्दा दर्शकहरुको मन जितोस साथै गितसङ्ग जोडिनुहुने सम्पुर्णलाई हाम्रो तर्फबाट सफलताको भारी शुभकामना ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

https://youtu.be/EbQgD0vFU7k