Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पत्रकार सम्मेलनमै जंगिए ‘जी–बब’,जिल्ला प्रशासन कार्यालयमा मुद्दा नभइ निवेदन दिएको जिकीर

पत्रकार सम्मेलनमै जंगिए ‘जी–बब’,जिल्ला प्रशासन कार्यालयमा मुद्दा नभइ निवेदन दिएको जिकीर

काठमाडौँ । पारिवारिक लफडा सार्वजनिक गरेर विवादित बनेका र्यापर सुदीप भण्डारी ‘जी–बब’ पत्रकार सम्मेलनमै जंगिएका छन् ।

उनले आफूले आमाबाबुबाट छुट्टै बस्न चाहेको तर स्वीकृति नपाउँदा जिल्ला प्रशासन कार्यालयमा मुद्दा नभइ निवेदन दिएको जिकीर गरेका छन् ।

उनले भने, ‘मैले त स्वतन्त्रता खोजिरहेको हो । म मेरो फ्रिडमको लागि । यति ८०–९० जना मिडियाका मान्छे होइन चाहेँ भने ३ सय–४ सय जना मिडिया जति जनाको अगाडि पनि बोल्न सक्छु , मलाई मेरो स्वतन्त्रता चाहियो । मैले मेरो आमालाई मुद्दा भन्ने शब्दले कुरा बिग्रेको हो क्या। मैले कपीमा लेखेर निवेदन दिएको हो । सीडीओमा गएर स्वतन्त्र रुपले बस्न पाउनुपर्यो भनेर । मलाई काम गर्दाखेरी मेरो आमा र बाउले माथिबाट टोक्नु भएन ।’

आफू र आफूलाई काम गर्ने टिमलाई आफ्नो हिसावले परिवारले चल्न दिनुपर्छ भनेर आफूले भनेको उनको भनाइ छ ।

घर र आफ्नो विवाद भएपछि अहिले बाहिर कन्टोभर्सी आएको उनको भनाइ छ ।