Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बलिउड अभिनेता सलमान खानमाथि गोली प्रहारबाट हत्याको प्रयास

बलिउड अभिनेता सलमान खानमाथि गोली प्रहारबाट हत्याको प्रयास

काठमाडौं । बलिउड अभिनेता सलमान खानमाथि गोली प्रहारबाट हत्याको प्रयास भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ग्याङस्टर लरेन्स बिस्नोइका सार्पसुटरले शुक्रबार मुम्बईमा हत्याको प्रयास गरेको बताइएको छ ।

टाइम्स नेटवर्कलाई उद्धृत गर्दै यो समाचारलाई प्राथमिकताको साथ सबै भारतीय सञ्चारमाध्यमले प्रसारण गरिरहेका छन् । पञ्जाबी गायक सिद्धी मुसेवालाको हत्यामा संलग्न ठानिएको बिस्नोइ ग्याङका केही सार्पसुटरले खानको हत्याको प्रयास गरेको उल्लेख गरिएको छ ।

सलमानको घरबाहिर सार्पसुटर पुगेर हत्याको प्रयास गरेको, तर अन्तिम समयमा फर्किएको फिल्मफेयरले जनाएको छ । लरेन्स बिस्नोइ ग्याङबाट आफूलाई कुनै खतरा नभएको भन्दै सलमान शुक्रबार बिहान घरबाहिर साइक्लिङमा निस्किएका थिए ।

जोखिम बढेको भन्दै सलमानको सुरक्षा कडा बनाइएको छ ।