Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रदीप खड्काद्वारा अभिनित चलचित्र 'प्रकाश'को टिजर ट्रेन्डिङमा

प्रदीप खड्काद्वारा अभिनित चलचित्र 'प्रकाश'को टिजर ट्रेन्डिङमा

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रको बजार जुर्मुराएसँगै निर्माताहरुले आफू निर्मित चलचित्रहरु प्रदर्शनमा अग्रसरता देखाउन थालेका छन् । चलचित्र हेर्न दर्शकहरु हलसम्म जान सक्ने वातावरण बनेसँगै चलचित्र निर्माताहरुले पनि प्रदर्शनको लागि तदारुकता देखाएका हुन् ।

यस्तैमा अभिनेता प्रदीप खड्का स्टार चलचित्र प्रकाश पनि प्रदर्शनमा आउने भएको छ । खड्काको साथमा दिया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रवर अहमद प्रवेज, रानु योगी, देवकुमार श्रेष्ठ, हुम बिसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनार, पवित्रा खड्का, लोकेन्द्र लेखक, निरज पन्थी र धनराज सुनार लगायतको अभिनय रहेको छ ।

यस चलचित्रमा ताराप्रकाश लिम्बु, एलिस कार्की, दिपक शर्मा र सुवास भुषालको संगीत रहेको छ भने गणेश शाही, दिपक शर्मा र अशोक शेरचनको गीत रहेको छ । विकाश सुबेदीको लेखन रहेको चलचित्रमा मनोज जोशीको निर्माण नियन्त्रण, अशिका शर्माको निर्माण परिकल्पना रहेको छ भने महेन्द्र अधिकारीको निर्माणमा अनिल मानन्धर र पिकेश मानन्धर सह निर्माता रहेका छन् ।

चलचित्रको निर्देशन दिनेश राउतले गरेका हुन् ।

टिजर हेर्न यो लिंकमा क्लिक गर्नुहोस् :

https://youtu.be/BJi9yLzj138