Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

‘कबड्डी ४’ की नायिकाले उल्टै माफी माग्ने,युवकलाई छाड्ने तयारी

‘कबड्डी ४’ की नायिकाले उल्टै माफी माग्ने,युवकलाई छाड्ने तयारी

काठमाडौँ । ‘कबड्डी ४’ फिल्मको नायिका मिरुना मगरले निर्दोष युवकलाई फसाउन खोजेको भन्दै फिल्मविरुद्ध युवाहरु उत्रिएपछि सहमति भएको छ ।

नायिका मगरले भिक्षुलाई हातपात गरेकोमा धर्मगुरुसँग माफि माग्ने र उनले प्रहरीको हिरासतमा रहेका युवकलाई माफि दिने सम्बन्धमा बौद्ध धर्म संघको पुर्व अध्यक्ष जोग्देन लामा गुरुङ, तामाङ घेदोङ संघको अध्यक्ष मोहन गोले, फिल्म निर्माता उपेन्द्र पौडेल, तमुह्युला छोजधी का केन्द्रीय सचिव जिएस गुरुङ र पुर्व मन्त्री पासाङ शेर्पाबीचमा छलफल हुँदा सहमति गर्ने निर्णय गरेको आदीवासी जनजाती युवा महासंघ गण्डकी प्रदेशको अध्यक्ष मोहन गुरुङले बताए ।

सामाजिक सञ्जालमा तीब्र प्रतिक्रया उत्पन्न भएपछि मिरुना समझदारीमा जान लचक बनेकी छिन् । आज नायिका र फिल्मको विरोध गर्दै चुच्चेपाटीको केएल टावर अगाडी युवाहरुले फिल्मको पोस्टर पनि जलाएका थिए ।

प्रदर्शनमा उत्रेका युवाहरुले बौद्ध भिक्षुलाई बिनाशर्त रिहा गर्नुपर्ने र मिरुनाले माफी माग्नुपर्ने माग राखेका छन् । उनीहरुले कबड्डी ४ फिल्मपनि बहिस्कार गर्ने समेत चेतावनी दिएका छन् ।

चौतर्फी आलोचना भएपछि प्रहरीको हिरासतमा रहेका युवकलाई छाड्ने तयारी भइरहेको बुझिएको छ ।