काठमाडौँ । रामचन्द्र काफ्ले र सानु महराको स्वरमा सजिएको ‘उछिट्याउने दाउ’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा तुलसी बाँस्कोटाको शब्द, संगीत रहेको छ भने एरेन्ज राजिव शाहले गरेका छन् ।
यस गीतमा विजय रिमाल,सबिना मगर,भावना सिंह,दिपेश एस.केको अभिनय रहेको छ ।
नरेश ऐरको छायाँकन, तुलसी बाँस्कोटाको सम्पादन रहेको भिडियो डिएआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
यस गितको कोरियोग्राफी एवम् निर्देशन दिपेश एस. केले गरेका छन् ।
https://youtu.be/i7diUbosnlg