Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अभिनेत्रीमाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका भिक्षुलाई रिहा गर्न माग गर्दै प्रदर्शन

अभिनेत्रीमाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका भिक्षुलाई रिहा गर्न माग गर्दै प्रदर्शन

काठमाडौं । ‘कबड्डी ४’की नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका एक बौद्ध भिक्षुलाई रिहाइ गर्न माग गर्दै प्रदर्शन चर्किएको छ ।

मंगलबार बिहान युवाको एक समूहले चावहिलस्थित केएल टावर अगाडि प्रदर्शन गर्दै फिल्म ‘कबड्डी ४’विरुद्ध समेत नाराबाजी गरेका छन् ।

उनीहरुले फिल्मको पोस्टर समेत जलाए । मुगु स्थायी घर भएका फुर्वा लामा नामक एक बौद्ध भिक्षुले सुन्धारास्थित सिभिल मलको एक कफी सपमा आफूविरुद्ध दुर्व्यवहार गरेको भन्दै अभिनेत्री मगरले प्रहरीमा उजुरी दिएकी थिइन् । उनको उजुरीपछि प्रहरीले लामालाई पक्राउ गरेको हो ।

पक्राउको विरोधमा कर्णालीका बासिन्दा र लामा समुदायले मंगलबार दिउँसो २ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने र प्रशासनमा उजुरी दिने कार्यक्रम थियो । तर कार्यक्रम स्थगित भएको छ ।