Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अभिनेता जीवन र अभिनेत्री लक्ष्मीको अभिनय रहेको जात’ सार्वजनिक

अभिनेता जीवन र अभिनेत्री लक्ष्मीको अभिनय रहेको जात’ सार्वजनिक

काठमाडौँ । अभिनेत्री लक्ष्मी बर्देवा र अभिनेता जीवन भट्टराईको अभिनय रहेको गीत ‘जात’ सार्वजनिक भएको छ ।

अभिनेत्री बर्देवा र अभिनेता भट्टराई ‘रियल जोडी’ हुन् । डिएआर मुभिजको प्रस्तुति रहेको गीतमा प्रभाव जेको शब्द, संगीत एवम् एरेन्ज रहेको छ ।

रामकुमार नेपाली र बेनिशा पौडेलले स्वरमा सजिएको उक्त भिडियो अभिनेत्री बर्देवा आफैले निर्देशन गरेकी हुन् ।

भिडियोमा जातिय विभेदले छुटेको प्रेमकथा देखाउन खोजिएको छ ।

उक्त भिडियो ज्ञानेन्द्र शर्मा हुँमागाईको छायाँकन, कृष्ण गौतमको सम्पादनमा डिएआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

https://youtu.be/KKxobiNp5Bw