Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बिष्णु खत्रीको सृजनामा रहेको सुप्रिम मल्ल र पुजा देबकोटाको स्वर रहेको 'परान बाँकी छ'युटुबको ट्रेनिङ्ग १ मा

बिष्णु खत्रीको सृजनामा रहेको सुप्रिम मल्ल र पुजा देबकोटाको स्वर रहेको 'परान बाँकी छ'युटुबको ट्रेनिङ्ग १ मा

काठमाण्डौँ । नेपाली दोहोरी क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएका मौलिक सृजनाका खानि जनताका लोकप्रिय गायक बिष्णु खत्री यो पटक भने सृजना मार्फत बजारमा चम्किएका छन।उनले सृजना गरेको गीत अहिले युटुबको पहिलो स्थानमा रहेको छ। स्थानीय तहको मतपरिणामको चर्चा सेलाउदै जाँदा खत्रीको दोहोरी गीत ‘परान बाँकी छ’ले लोक बजार तताएको छ ।

बिष्णु खत्रीको शब्द तथा संगीतमा रहेको गीतमा आवाज भने बाल गायक सुप्रिम ठकुरी र पुजा देवकोटाले स्वर रहेको छ । सामान्यतया आफ्ना सृजना आफैँ गाउने सर्जक तथा गायक खत्रीले यो पटक बाल कलाकारको साथ लिएका छन्,जुन सफल मानिएको छ ।

सार्वजनिक गरिएको तीन दिनमा गीत सफलतर्फ लम्किएको छ । विष्णु खत्री यूटुव च्यानलबाट अपलोड गरिएको गीत ट्रेन्डिङ नं १ मा रहेको छ । हामीले समाचार तयार पार्दै गर्दा युटुबमा करिब ६ लाख भ्यूज बटुलेको गीतले निकै सफलता पाएको देख्न सकिन्छ ।गीतको भिडियोमा कम खर्च गरेका उनले लाइभ स्टुडियोमा भिडियो निर्माण गरेका छन् । गीतमा हराएका प्रेमीप्रेमिका खोजी गर्ने क्रममा देशका विभिन्न जिल्ला पुगेको तर नभेटेको विषयलाई रसिक पाराले प्रस्तुत गरिएको छ ।