काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले मतगणना नसकिदै विजयी भएका काठमाडौंका मेयर र उपमेयर बालेन्द्र साह र सुनिता डंगोललाई बधाई दिएकी छिन् ।
नेकपा एमालेकी नेतृ समेत रहेकी करिश्माले सामाजिक सञ्जाल फेसबुक मार्फत बधाई दिँदै लोकतन्त्रमा जनताको रोजाई सर्वोच्च हुने पनि बताएकी छिन् ।
जनताहरु जता भविष्य सुनिश्चित देख्छन र उनीहरु त्यतै लाग्ने पनि उनको बुझाइ छ ।
उनले चुनावमा एमालेका नेताकार्यकर्ताले जुन उर्जाका साथ दिनरात नभनेर मेहनत गरे त्यो देखेर आफूले धेरै कुरा सिक्ने मौका पाएको पनि उल्लेख गरेकि छन् ।
विगतमा भएका घटनाक्रमले गर्दा लोकप्रियता र परिस्थिति निकै राम्रो हुदाहुदै पनि धेरै ठाउँमा आफ्नैहरुबाट अन्तरघातका कारण यथोचित सफलता हासिल गर्न नसकिएको गुनोसो समेत पोखेकी छन् ।