काठमाडौँ । बलात्कारको अभियोगमा पुर्पक्षको लागि थुनामा रहेका अभिनेता पल शाहको फैसला आज आउन सक्ने सम्भावना रहेको छ ।
उच्च अदालत पोखरामा शाहको आज थुनछेक आदेशको मुद्दामा सुनुवाई हुँदैछ ।
शाहको थुनछेक आदेशका सम्बन्धमा परेको पुनरावेदनको निवेदन न्यायाधीशद्धय ऋषिराज भण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा परको छ ।
शाहका म्यानेजर कृष्ण जोशीले चलखेल गरेको भन्दै उनलाई पनि थुनामा राख्न सरकारी वकिलले निवेदन दिएको छ । आज सबै मुद्दामा सुनुवाइ हुने जनाइएको छ।