लोकदोहोरी गायक श्याम रानाको श्रीमती इशा राना चापाकोट नगरपालिकाको उपमेयरमा विजयी भएकी छिन् । चापाकोट नगरपालिकाको उपमेयरमा नेपाली काँग्रेस बाट उमेदवारी दिएकी रानाले ७ हजार ४ सय १३ मत प्राप्त गरी विजय हासिल गरेकी छिन् । भने चापाकोट नगरपालिकाको मेयरमा नेपाली काँग्रेसकै देव बहादुर खाँड (इश्वर) विजयी भएका छन् । मेयरका उम्मेदवार देव बहादुर खाँडले ७ हजार ४ सय ९० मत हासिल गरेका छन् ।
यस्तै प्रतिस्पर्धी नेकपा एमालेका मेयर पदका उम्मेदवार राजु कोइरालाले ६ हजार ५ सय ५५ मत र उपमेयरका उम्मेदवार सृष्टि मल्लले ६ हजार ३सय ७६ मत प्राप्त गरेकी छिन् । चापाकोट नगरपालिकामा २१ हजार ५४६ जना मतदाता रहेकोमा १४ हजार ५०६ जनाले मतदान गरेका थिए लालिगुराश डट कम चापाकोट नगरपालिका जादा गायक श्याम राना उहाको श्रीमती इशा राना र मेयर देव बहादुर खाँड (इश्वर) संग गरीएको कुराकानी को भिडियो हेर्नुहोस
https://youtu.be/zj-dS_kKork
लालिगुराश डट कम चापाकोट नगरपालिका जादा गायक श्याम राना उहाको श्रीमती इशा राना र मेयर देव बहादुर खाँड (इश्वर) संग गरीएको कुराकानी को भिडियो हेर्नुहोस
https://youtu.be/1-mnG75RkJY