Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पल शाह जोडिएको मुद्दाको सुनुवाइ स्थगित

पल शाह जोडिएको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौँ । अभिनेता पल शाह जोडिएको मुद्दामा आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

एक नाबालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थागित भएको उच्च अदालत, पोखराले जनाएको छ । अब अर्को हप्ता बिहीबार यो मुद्दामा सुनुवाइ हुनेछ ।

उक्त मुद्दा न्यायाधीशद्वय डिल्लीराम आचार्य र ऋषिराज भण्डारीको संयुक्त इजलासमा परेको थियो ।

नाबालिग बलात्कार गरेको अभियोगमा पल शाहलाई तनहुँ र गैंडाकोट अदालतबाट पुर्पक्षका लागि थुनामा गएका थिए । उक्त आदेशविरद्ध शाहले उच्च अदालत, पोखरामा निवेदन दिएका थिए ।

शाहका म्यानेजर कृष्ण जोशीलाई अदालतले धरौटीमा छाड्न दिएको आदेशविरुद्ध पनि सरकारी पक्षले उच्च अदालतमा निवेदन दिएको छ ।