काठमाडौं । पूर्व मिस नेपाल माल्विका सुब्बा यतिवेला विवादमा तानिएकी छिन्।
यौनहिंसाबाट पीडित युवतीले सहयोग माग्दा बेवास्ता गरेको बताएपछि माल्विका विवादमा तानिएकी हुन्।
एउटा सुन्दरी प्रतियोगिताबाट शुरु भएको यौनहिंसाको शृंखला आफूले लगातार ७ वर्षसम्म भोग्नुपरेको पीडित युवतीले केही दिनअघि टिकटक मार्फत बताएकी छन्।यतिबेला टिकटकबाट भने भिडियो सहित अकाउन्ट नै डिलिट भएको छ।
भिडियोमा नै उक्त युवतीले आफूले सहयोग माग्दा असंवेदनशील व्यवहार देखाउँदै पूर्व मिस नेपाल सुब्बाले सहयोगका लागि अस्वीकार गरेको बताएकी छन्। उक्त भिडियोपश्चात् सामाजिक सञ्जालमा सुब्बाको चर्को आलोचना भइरहेको छ।