Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मताधिकारको सही प्रयोग गर्न अभिनेत्री केकी अधिकारीको आग्रह

मताधिकारको सही प्रयोग गर्न अभिनेत्री केकी अधिकारीको आग्रह

काठमाडौं । अभिनेत्री केकी अधिकारीले निर्वाचनमा सहभागी भई मताधिकारको सही प्रयोग गर्न सबैलाई आग्रह गरेकी छन् ।

केकी एक टेलिभिजन रियालिटी शोको कार्यक्रममा भाग लिन अहिले अमेरिकामा रहेकी छिन् । विवाह गरेको एक सातामै उनी अर्की अभिनेत्री रीमा विश्वकर्मासँगै न्युयोर्क उडेकी हुन् ।

उनले सामाजीक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै निर्वाचनको समयमा देशबाहिर हुनु र बहुमूल्य भोटको प्रयोग गर्न नपाउनुले चित्त दुखेको उल्लेख गरेकी छन् ।

उनले लेखेकी छन्, ‘तपाईंहरुले एक भोटको मूल्य पक्कै बुझ्नुभएको छ । निर्वाचनमा सहभागी भई मताधिकारको सही प्रयोग गर्नुहोला, शान्त, सुरक्षित अनि सुव्यवस्थित वातावरणमा निर्वाचन सम्पन्न हुनसकोस् भन्ने कामना गर्दछु ।’