Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बलिउडले आफूलाई ‘अफोर्ड’ गर्न नसक्ने महेश बाबुको प्रतिक्रिया

बलिउडले आफूलाई ‘अफोर्ड’ गर्न नसक्ने महेश बाबुको प्रतिक्रिया

काठमाडौं । दक्षिण भारतीय अभिनेता महेश बाबुले बलिउडले आफूलाई ‘अफोर्ड’ गर्न नसक्ने बताएका छन्।

एक फिल्मको ट्रेलर लन्चमा पुगेका उनले हिन्दी फिल्ममा काम गरेर समय बर्बाद गर्न नचाहेको समेत बताएको भारतिय संचारमाध्यमले उल्लेख गरेका छन्।

दक्षिण भारतीय फिल्ममा आफूले निकै सम्मान पाएको बताउँदै बलिउडबाट पनि अफर आएको बताए। महेश बाबुले आफ्नो उद्देश्य दक्षिण भारतीय फिल्मलाई भारतभर सफल बनाउनु रहेको समेत बताएका छन्।

सन् १९८३ मा ‘पोरातम’बाट उनले आफ्नो फिल्मी करियर सुरु गरेका थिए। हाल उनले एक फिल्मका लागि ५५ करोड भारतीय रुपैयाँ लिने गरेको बताइन्छ।