Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

चुनावी सभामा बोलेपछि सन्दीप क्षेत्री विवादमा भन्छन् शुभकामना दिन पाउनु कलाकारको धर्म हो

चुनावी सभामा बोलेपछि सन्दीप क्षेत्री विवादमा भन्छन् शुभकामना दिन पाउनु कलाकारको धर्म हो

काठमाडौं । कलाकार सन्दीप क्षेत्री सत्तारुढ गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गरेको चुनावी सभामा बोलेपछि विवादमा आएका छन् ।

क्षेत्रीले उक्त सभामा गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहाललाई शुभकामना दिएका थिए । तटस्थ बस्नुपर्ने कलाकारले भोट माग्दै हिंडेको भन्दै सामाजिक सञ्जालमा उनको विरोध सुरु भएको छ ।

ट्वीटर र फेसबुकमा क्षेत्रीको भरतपुर भाषणलाई लिएर मिश्रित प्रतिक्रिया व्यक्त भइरहेको छ । कतिपयले शुभकामना दिन पाउनु कलाकारको धर्म भएको बताइरहेका छन् भने कतिपयले क्षेत्रीले राजनीतिक तटस्थता अपनाउन नसकेको उल्लेख गरेका छन् ।

क्षेत्रीले उक्त विषयलाई ‘राजनीतिक प्रपोगान्डा’ बनाउनु उचित नभएको भन्दै आफू रेनु दाहाललाई शुभकामना दिन र सचेत तुल्याउन मात्र सभामा पुगेको बताएका छन् । उनले भने, ‘रेनु दाहाललाई शुभकामना दिनु अरुलाई अशुभ भन्नु होइन । यसलाई राजनीतिक प्रपोगान्डा बनाउनु जरुरी छैन ।’