Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अन्तिम टी–२० अभ्यास खेलमा नेपाल ८ विकेटले विजयी

अन्तिम टी–२० अभ्यास खेलमा नेपाल ८ विकेटले विजयी

काठमाडौँ । तेस्रो तथा अन्तिम टी–२० अभ्यास खेलमा नेपालले जिम्बावे ‘ए’लाई ८ विकेटले पराजित गरेको छ ।

जिम्बावे ‘एु’ ले दिएको एक सय ३७ रनको लक्ष्य दुई विकेट गुमाएर नेपालले पुरा गरेको छ । आशिफ शेखले नटआउट ८७ रन बनाए भने कुशल भुर्तेल ३४ रन बनाए । यस्तै बसिर अहमद १० रन बनाएर आउट भएका थिए ।

यस्तै बलिङतर्फ जिम्बावे ‘ए’ का लोके जोङ्गी र ब्रान्डन मभुताले एक–एक विकेट मात्रै लिन सफल भए । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ‘ए’ ले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३६ रन बनाएको थियो । जिम्बावेका लागि रोए कायाले ४९, तदिवान्शे मौरामनीले २७ र लुके जोङ्गेले नटआउट २३ रन बनाएका थिए ।

यता बलिङतर्फ नेपालका सन्दीप लामिछानेले दुई, सोमपाल कामी र बसिर अहमदले एक–एक विकेट लिएका थिए भने जिम्बावे ‘ए’ का तीन जना खेलाडी रन आउट भएका थिए ।

यो जित संगै तीन खेलको शृङ्खला एक–एकको बराबरीमा सकिएको छ । यसअघि पहिलो खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो ।