काठमाडौं । केही सातादेखि ‘राजेश हमाल अफिसियल’ ह्यान्डलको टिकटक एकाउण्टबाट दिनहुँजसो लाइभ पोस्ट आइरहे पछि हमालले टिकटकमा आफ्नो अफिसियल एकाउन्ट नभएको र उक्त लाइभ फेक भएको बताएका छन् ।
पैसा माग्न रातभर लाइभमा बसेको भन्दै कतिपयले हमालले त्यसो गर्नु अशोभनीय भएको पनि बताइरहेका छन् । यता हमालले मध्यरातसम्म आफ्नो पुरानो भिडियोलाई लाइभ गराइएकोप्रति आपत्ति पनि व्यक्त गरेका छन् ।
आफेनो टिकटक एकाउण्ट नभएको र आफूलाई टिकटकमा रुचि नभएको पनि हमालले बताएका छन् ।
यस्तै हमालका फ्यानहरुले ‘महानायक’ रातभर लाइभमा बस्नु राम्रो नभएको भन्दै त्यसो नगर्न सुझाएका छन् । उक्त एकाउण्टमा राजेश हमालका अन्य भिडियो पनि पोस्ट हुने गरेको छ ।