Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आइसीसी यू–१९ महिला विश्वकप क्रिकेट छनोटका लागि १८ सदस्सीय टोलीको घोषणा

आइसीसी यू–१९ महिला विश्वकप क्रिकेट छनोटका लागि १८ सदस्सीय टोलीको घोषणा

काठमाडौं । आइसीसी यू–१९ महिला विश्वकप क्रिकेट छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १८ सदस्सीय टोलीको घोषणा गरेको छ।

क्यानले बन्द प्रशिक्षणमा रहेका ४४ खेलाडीबाट १८ सदस्सीय टोलीको घोषणा गरेको हो।

विश्वकपको एसिया क्षेत्रको छनोटमा नेपालले मलेसिया, युएई, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतारसँग प्रतिस्पर्धा गर्नेछ।

छनोट खेल आगामी जुनको पहिलो साता हुनेछ। छनोट खेलमा शीर्ष स्थानमा रहने टोलीले २०२३ मा दक्षिण अफ्रिकामा पहिलो पटक आयोजना हुने यू–१९ टी–२० विश्वकपमा स्थान बनाउनेछ।

छनोटमा परेका खेलाडीहरुमा किरण कुवँर, सोनु राजवंशी, टिका शाह, सृष्टि धामी, सावित्रा धामी, अलिशा यादव, रन्जु श्रेष्ठ, अन्जली बिक, हिरन्मायी रोय, अलिशा खडीया, कृतिका मरासिनी, मनिषा उपाध्याय, स्नेहा महरा, निशा शाह, मनिषा रानामगर, प्रतिमा शाह, ज्योत्निस्का मरासिनी र मनिषा चौधरी छन्।