Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपालले दोस्रो खेलमा जिम्बाब्वे ए विरुद्ध प्रतिस्पर्धा गर्दै,हारको बदला लिने लक्षयका साथ मैदानमा

नेपालले दोस्रो खेलमा जिम्बाब्वे ए विरुद्ध प्रतिस्पर्धा गर्दै,हारको बदला लिने लक्षयका साथ मैदानमा

काठमाडौँ । पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिमले आज दोस्रो खेलमा जिम्बाब्वे ए विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । हिजो भएको पहिलो खेलमा बलिङ र ब्याटिङ दुबैमा चुकेको नेपाल घरेलु मैदानमा पराजित भएको थियो ।त्यसैले नेपाल दोस्रो खेलमा हारको बदला लिदै शृंखला –१ को अवस्थामा ल्याउन चाहन्छ ।

नेपाली टिम सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रनेछ ।

नेपालले अमेरिकामा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को तयारी स्वरुप जिम्बाब्वेसँग खेल्न लागेको हो ।